जनकपुरधाम, २ मंसिर । सर्लाहीको बरहथवा नगरपालिका २ स्थित भित्री सडक खण्डमा राखिएको ट्याक्टरको टेलरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
स्थानीय ठेकेदार सुरेश कार्कीले आफ्नो ट्याक्टरको टेलर फुकाली बाटो छेकी राखेको अवस्थामा हजरियाबाट बरहथवातर्फ आउँदै गरेको बा.३५प.३०२७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । ट्याक्टरको नम्बर भने खुलेको छैन ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक बरहथवा नगरपालिका ३ बस्ने २५ वर्षीय सुनिल कुशवरको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार राति घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको तथा टेलरलाई नियन्त्रणमा लिई ट्याक्टरको खोजतलाश भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्