काठमाडौँ, २ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कलम दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएको छ ।
सचिवालय बैठकको अघिल्लो दिन मंगलबार बिहान खुमलटार पुगेर महासचिव विष्णु पौडेलले कार्यकारी अध्यक्ष प्रचण्डसँग भेटवार्ता भएको छ । बैठकको अघिल्लो दिनसम्म केपी शर्मा ओली पक्ष र प्रचण्ड(माधव पक्षका नेताहरुवीच सहमति जुटाउने प्रयासहरु भइरहेका छन् । सचिवालय बैठक भोलि ९बुधबार० दिउँसो १ बजे बालुवाटारमा बस्दैछ ।
भेटमा के कुराकानी भयो भन्नेबारे नखुलाइए पनि पार्टीभित्र देखिएको द्वन्द्व कसरी समाधान गर्ने भन्नेबारे छलफल भएको स्रोतले बताएको छ । बुधबार बस्ने बैठकका एजेण्डाहरु के(के तय गर्ने भन्नेबारे कार्यकारी अध्यक्ष र महासचिववीच छलफल भएको स्रोतले बतायो ।
पार्टीको विधानअनुसार अध्यक्षको परामर्शमा महासचिवले बैठकको कार्यसूची तयार पारेर बैठकमा पेश गर्नुपर्ने हुन्छ । शुक्रबारको बैठकमा प्रचण्डले राजनीतिक प्रस्ताव प्रस्तुत गरे पनि ठोस कार्यसूची तयार गर्न बाँकी रहेको र बुधबारको बैठकमा महासचिवले ठोस कार्यसूची बनाई त्यसमाथि छलफल हुने स्रोतले बतायो ।
शुक्रबारको सचिवालय बैठकमा केपी ओलीको पत्र, त्यसको जवाफमा प्रचण्डको प्रत्युुत्तर पत्र र सचिवालय बैठकमा केपी ओलीमाथि थप आरोपहरु लगाउँदै कार्यकारी अध्यक्ष प्रचण्डले पेस गरेको प्रस्तावका कारण नेकपाभित्रको अन्तरविरोध नयाँ मोडमा पुगेको छ । अध्यक्षद्वयवीचको अन्तरविरोध शत्रुतापूर्ण चरणमा पुगेका कारण बुधबार बस्ने भनिएको सचिवालय बैठकलाई धेरैले चासोका साथ हेरेका छन् । बैठक वीचैमा स्थगित हुने हो कि भन्ने आशंका पनि नेकपा नेताहरुले गरिरहेका छन् ।
उपाध्यक्ष वामदेव गौतमसँगको छलफललगत्तै प्रधानमन्त्री ओलीले शनिबार नै बालुवाटारमा वरिष्ठ नेता माधवकुमार नेपालसँग कुराकानी गर्नुभयो । नेता नेपालसँगको कुराकानीमा महासचिव पौडेल पनि सहभागी हुनुभएको थियो । उच्च स्रोतका अनुसार नेकपाभित्र अब ओली र प्रचण्डवीच मेलमिलाप गराउने र यसका लागि कुनै उच्चस्तरको ‘राजनीतिक लेनदेन’ हुन सक्ने सम्भावना नजिकिएको छ ।
प्रधानमन्त्री ओली भने आफूले राजीनामा नदिने र प्रचण्डले लगाएका आरोपहरुको जवाफ नदिने अडानमा रहनुभएको बताइएको छ । तथापि बाहिर दुवै नेताहरुले आ-आफ्नो अडान व्यक्त गरे पनि भित्रचाहिँ कुनै न कुनै लेनदेनमा गएर समाधान खोज्ने प्रयास भइरहेको स्रोतले बतायो ।










प्रतिक्रिया दिनुहोस्