काठमाडौँ, ४ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले पार्टीका कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले राजनैतिक जीवनमा सवैभन्दा ठूलो भुल गर्नुभएको बताउनुभएको छ ।
पार्टीमा विवाद सिर्जना गरी प्रधानमन्त्री तथा पार्टीको पहिलो अध्यक्ष केपी शर्मा ओलीमाथि कपोकल्पतीत आरोप लगाई आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्न तथा लोकलाई हराउने कार्यमात्र नभई देशी विदेशी तथ्वलाई खुसी बनाउ लाग्नुभएको आरोप लगाउनुभयो । कम्युनिष्ट पार्टीमा बैचारिक र सैद्धान्तिक रुपमा विवाद हुनु स्वभाविक भएको उल्लेख गर्दै उहाँले गुट र उपगुटको नाममा पार्टीलाई विग्रहको बाटोमा लैजानु अध्यक्ष प्रचण्डले ठूलो मुल्य चुकाउनुपर्ने अवस्था आउन सक्ने समेत चेतावनी दिनुभयो ।
प्रचण्डकै कारण पार्टीमा चरम विवाद चुलिएको उल्लेख गर्दै उहाँले विवादका कारण पार्टी फुट्ने नभई एकता भंग हुने उल्लेख गर्नुभयो । नेकपाको विधान अनुसार नै कुनै पनि प्रस्ताव वा निर्णय गर्दा अध्यक्षद्वयको सहमति हुनुपर्ने भनि स्पष्ट रुपमा तोकेको उल्लेख गर्दै उहाँले अल्पमत वा बहुमतको आधारमा कुनैपनि निर्णय गरे वैधानीक रुपमा नै पार्टी फुट्ने नभई एकता भंग हुने चेतावनी दिनुभयो । महाधिवेशन पछि आएको पार्टीबाट भएमात्र पार्टी फुट्ने आधारहरु समेत प्रस्तुत गर्नुभयो ।
नेकपा सक्ने खेलमा अध्यक्ष प्रचण्ड रहेको उल्लेख गर्दै उहाँले स्वार्थका खेलमा गरिएको कार्यहरु धेरै दिन टिक्न नसक्ने बताउनुभयो । प्रचण्डले ओली माथि लगाएको झुटको पुलिन्दाको आरोप पत्र पार्टीको चिवालयको प्रस्तावबाट फिर्ता लिनुपर्नेमा जोड दिँदै अध्यक्ष प्रचण्डले गरेको भ्रष्टाचार, अनियमितता, अबैधानीक कार्य, राष्ट्रघातीलगायतका कदमहरुलाई जनताको माझमा लगेमा उहाँको राजनीतिक जीवन समाप्तीको बाटोमा अगाडी बढ्ने समेत चेतावनी दिनुभयो । युएईमा रहेको अवैध अरवौं रकम, लडाकु समायोजनमा गरेको अरवौं घोटला, एनससिएलकाण्ड लगायतका असंख्य काण्डै काण्डका नेता अध्यक्ष प्रचण्ड भएकाले नेपालको स्वार्थमा नभई विदेशीको स्वार्थमा लागेको समेत तथ्यपरक रुपमा प्रस्तुत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्