एजेन्सी, ७ मंसिर । अमेरिकाको क्यालिफोर्नियामा कर्फ्यु लगाइएको छ ।
कोरोना बढ्दै गएपछि गए रातिदेखि कर्फ्यु लागू भएको बीबीसीले जनाएको छ । हिजोदेखि स्थानीय समयअनुसार राति १० बजेदेखि बिहान पाँच बजेसम्म कर्फ्यु जारी रहनेछ । यो क्रम आउँदो डिसेम्बर २१ सम्म कायम हुने र आवश्यक परेको अवस्थामा बढ्न पनि सक्ने खबरमा उल्लेख छ ।
गएको अगस्टमा पश्चिमी राज्यमा सबैभन्दा धेरै सङ्क्रमण देखिएको थियो । तर अहिले त्योभन्दा पनि धेरै सङ्क्रमण दैनिक रुपमा देखिन थालेको छ । अमेरिकाभरि हिजो कोरोनाका कारण गएको मेयता पहिलो पटक एकैदिन दुई हजारभन्दा धेरैको ज्यान गएका छ ।
विश्वमै सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा कुल सङ्क्रमितको संख्या एक करोड २० लाखभन्दा धेरै पुगेको छ । अहिलेसम्म दुई लाख ५५ हजारभन्दा बढिको ज्यान गएको छ ।










प्रतिक्रिया दिनुहोस्