समाचार

५ वर्षीया बालिका बलात्कृत



पर्सा, ७ मंसिर । २६ वर्षका एक युवाले ५ वर्षीया बालिकालाई बलात्कार गरेका छन् ।

बलात्कार गरेको आरोपमा बिन्दवासिनी गाउँपालिका–४ अमरपट्टी बस्ने २६ वर्षीय उमेश ठाकुरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई ललाई फकाई बुधबार साँझ जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।