काठमाडौँ, ७ मंसिर । कोरोना भाइरसबाट विदेशका १९ देशमा रहेका २ सय ९३ नेपालीको निधन भएको गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।
स्वास्थ्य समितिका अनुसार संक्रमित नेपालीमध्ये ९१ प्रतिशत कोरोनामुक्त भएका छन् । ४५ मुलुकमा ४६ हजार ५ सय ७८ जना गैरआवासीय संक्रमित भएकामा हालसम्म ४२ हजार ८ सय ३ जना कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।
कोरोनाका कारण हालसम्म सबैभन्दा बढी साउदी अबरमा ८४ जना, यूकेमा ६९ जना र भारतमा ४० जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।
संघका अनुसार यो साता स्पेन, यूके, यूएई, कतार, साउदी अरब, र जापानमा थप संक्रमण देखिएको छ । यसका साथै नेपाली समुदायमा संक्रमण देखिएको देशको सूचीमा नर्वे पनि थपिएको छ ।










प्रतिक्रिया दिनुहोस्