Banner News

थप १९८० जनामा कोरोना संक्रमण, सक्रमितको संख्या २ लाख २२ हजार नाघ्यो



काठमाडौँ, ८ मंसिर । थप १९ सय ८० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख  २२ हजार २ सय ८८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ८४ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ३ हजार ४३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख २ हजार ६७ सय  जना रहेको छ । आज १६ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १३ सय ३७ जना पुगेको छ ।