समाचार

आजको मौसम



काठमाडौँ, ९ मंसिर । हाल देशको पश्चिम क्षेत्रका हिमाली र पहाडी भेगमा पश्चिमी वायुको प्रभाव देखिएको आज जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ ।

यसैगरी, आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशको भूभागमा सामान्यदेखि आंशिक बदली रही वाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ । भने, सुदूरपश्चिम, कर्णाली र गण्डकीको हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा सामान्य बदली र तराइ भूभागमा आंशिक बदली रही वाँकी प्रदेशका पहाडी भूभागमा समेत आंशिक बदली रहनेछ । त्यसैगरी, देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ। सुदूर पश्चिम र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै काठमाडौँ उपत्यकाको आज बिहानको तापक्रम ६.२ डिग्री सेन्टिग्रेड रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो काठमाडौँ उपत्यकाको तापक्रम न्यूनतम १८ डिग्री सेन्टिग्रेडदेखि अधिकतम २० डिग्री सेन्टिग्रेडसम्म रहने जनाएको छ ।