विश्व

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ५३ हजार नाघ्यो



एजेन्सी, ९ मंसिर । अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ५३ हजार ९३१ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ४७१ संक्रमितको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा १ लाख ८३ हजार ५४४ जनामा संक्रमण पुष्टि भएको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड १९ लाख ७२ हजार ५५६ पुगेको छ ।

अमेरिका विश्वमा कोरोनाका कारण सबैभन्दा धेरै संक्रमित हुने र मृत्यु हुने देशको सूचिमा पहिलो स्थानमा छ ।