समाचार

प्रहरीको गोली लागेका बुद्धिराजको मृत्यु



काठमाडौँ, १० मंसिर । महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपाने ‘संजय’को मृत्यु भएको छ ।

हेलिकप्टरबाट काठमाडौँ ल्याइएका उनको उपचारको क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएको हो । ग्रान्डी अस्पतालमा जेनेरल मेनेजर विकासमान सिंहका अनुसार उपचारको क्रममा गएराति १२ बजेर ४ मिनेटमा उनको मृत्यु भएको हो । बर्दिबास नगरापालिका–१ घर भएका ४२ वर्षीय न्यौपानेको कम्मरममुनी गोली लागेको थियो ।

६ वर्षीया बालिका गुलबसा खातुनको हत्याको विरोधमा स्थानीयले  गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर घाइते भएका श्याम कार्कीको उपचार भइरहेको छ ।