काठमाडौँ, ११ मंसिर । भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले आज नेपाल आएका छन ।
उनले काठमाडौं विमानस्थलमा पत्रकारहरुलाई नेपाली भाषामै प्रतिक्रिया दिदै उनले नेपाल आउँदा रमाइलो लागेको बताए । उनले भने, ‘मैले यहाँ पहिले नै आउन चाहेको थिएँ । तर, कोभिडका कारण त्यसो गर्न सकिएन’ ‘म यहाँ आउँदा धेरै खुशी भएको छु ।’
नेपाल भ्रमणको दुई दिने कार्यक्रमबारे जानकारी दिँदै नेपाली भाषामा पत्रकारहरुलाई दिएको छोटो प्रतिक्रिया :नेपालमा आएर मलाई अत्यन्तै खुशी लागेको छ । रमाइलो लाग्यो । म पहिला पनि काठमाडौं आको छु । तर, फरेन सेक्रेटरीका रुपमा प्रथम भिजिट हो मेरो । भारत र नेपाल निकटतम मित्र हो । मेरो निकै मिटिङ हुन्छ आज । हामी यो क्लोज फ्रेन्डसीपलाई कसरी अघि बढाउने कुरा गरौंला । आज पहिलो मिटिङ फरेन सेक्रेटरी (परराष्ट्र सचिव) सँग हुन्छ । त्यहाँदेखिन् फरेन मिनिस्टर (परराष्ट्र मन्त्री) प्रदीपकुमार ज्ञवालीज्यूसँग भेट हुन्छ । अरु उच्च गन्यमान्यहरुसँग पनि भेट हुन्छ होला । तपाईहरुलाई प्रोग्राम थाहा छ ।
भोलि म भारत नेपाल मैत्रीको विषयमा टक (भाषण) दिन्छु । त्यो भर्चुअल हुन्छ, त्यसैले सबैको पहुँचमा हुन्छ । म गोरखा शहरमा पनि जान्छु भोलि । त्यहाँ चाहिँ भूगोल भएर हाम्रो निकै विकास सहयोग नेपालमा हामीले डाइभर्ट गरेका थियौं । गोरखामा ५० हजार घर बनाउने हाम्रो, प्रधानमन्त्री मोदीको कमिटमेन्ट थियो । ४० हजार घर बनिसकेको छ । हाम्रो फोकस एजुकेसनमा पनि छ । तीनवटा स्कुल हामीले पुनर्निर्माण गरेका छौं । त्यो चैं भोलि उदघाटन हुन्छ । र, मनाङ जिल्लामा एउटा बुद्धिस्ट गुम्बा पनि हामीले पुनर्निर्माण गरेका थियौं । त्यो पनि भोलि उदघाटन हुन्छ । निकै धेरै प्रोग्राम छ, तपाईहरुलाई सूचना दिँदै गरौंला ।










प्रतिक्रिया दिनुहोस्