एजेन्सी, १३ मंसिर । ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले कोरोनाभाइरसविरुद्धको खोप प्रयोगमा आएपनि आफूले भने प्रयोग नगर्ने घोषणा गरेका छन् ।
बिहीबार उनले आफ्नै सरकारले त्यसलाई ग्रहण गर्ने निर्णय गरेपनि आफूले त्यसलाई ग्रहण नगर्ने घोषणा गरेका हुन् । सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिएको भिडियोमा उनले भनेका छन्, ‘म तपाईहरूलाई भन्छु की म त्यो ९खोप० लिन्न । यो मेरो अधिकार हो ।’
ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये एक लाख ७० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । मृतकहरूको यो सङ्ख्या अमेरिकापछि विश्वमै सबैभन्दा धेरै हो । अमेरिकामा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये दुई लाख ६९ हजार ५७९ जनाको मृत्यु भएको छ ।
विश्वमै दोस्रो धेरै मानवीय क्षति बेहोरेको मुलुक भएर पनि राष्ट्रपति बोल्सोनारोको अडान गलत भएको भन्दै धेरैले उनको आलोचना गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्