काठमाडौँ, १३ मंसिर । थप १३ सय ८० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ३० हजार ७ सय २३ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभर ९ हजार ३६८ नमुना परीक्षण गर्दा १३ सय ८० जनामा कोरोना पुष्टि भएको हो । आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ८३ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज ५ सय १५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ११ हजार १ सय ८६ जना रहेको छ । आज १९ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १४ सय ५४ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्