काठमाडौँ, १६ मंसिर । सत्तारुढ नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको वेला सचिवालय बैठक आज बस्दै छ ।
पार्टीको मुख्य कार्यालय धुम्बाराहीमा दिउँसो बस्न लागेको बैठकमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक-अर्काविरूद्ध अघि सारेका प्रस्तावमाथि छलफल गर्ने कार्यतालिका रहेको छ ।
प्रधानमन्त्री एवं अध्यक्ष ओली पक्ष भने सकेसम्म प्रचण्डलाइ मनाएर प्रस्ताव फिर्ता गराउने र विवाद साम्य पार्ने रणनीतिमा लागेको छ ।
नेकपाका ‘कार्यकारी’ भनिएका अध्यक्ष प्रचण्ड र उनको साथमा रहेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ओलीलाइ एक्ल्याएरै लैजाने र बहुमतको निर्णय मान्न बाध्य पारिने रणनीति अँगालेको बुझिन्छ ।










प्रतिक्रिया दिनुहोस्