काठमाडौँ, १७ मंसिर । हाल बाग्मती प्रदेश र प्रदेश नम्बर १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार महाशाखाका अनुसार आज दिनभर नै बाग्मती प्रदेश र प्रदेश नम्बर १ का पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै रातिको समयमा गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।










प्रतिक्रिया दिनुहोस्