राजनीति

वैदेशिक रोजगार बीमा अनलाइनबाटै गर्न सकिने (सूचनासहित)



काठमाडौँ, १७ मंसिर । वैदेशिक रोजगारीमा जानको लागि अनिवार्य रुपमा गर्नैपर्ने वैदेशिक रोजगार म्यादी जीवनबीमा अब अनलाइनबाटै गर्न सकिने भएको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स र इसेवा तथा स्प्यारो पेको सहकार्यमा अनलाइनबाटै जीवनबीमा गर्ने व्यवस्था गरिएको हो ।

त्यस्तै, विदेश जानेले वैदेशिक रोजगार कल्याणकारी कोषमा अनिवार्य रुपमा जम्मा गर्नुपर्ने रकम समेत अनलाइनबाटै भुक्तानी गर्ने व्यवस्था मिलाइएको वैदेशिक रोजगार विभागले जनाएको छ ।