अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १७ मंसिर । आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सयले बढेर प्रतितोला ९१ हजारमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९० हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेर प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।