काठमाडौँ, १८ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा उल्लेख्य संख्यामा रहेका अपांगता भएका व्यक्तिहरूलाई राज्यको निर्णायक संरचनामा सहभागिता र प्रतिनिधित्वको व्यवस्था हुनुपर्ने बताउनु भएको छ ।
अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसर शुभकामना दिनुहुँदै सभापति देउवाले सो कुरा बताउनुभएको हो । उहाँले कांग्रेसको नेतृत्वमा निर्माण भएको नेपालको संविधानमा अपांगता भएका व्यक्तिहरुलाई राजनीतिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित गरिएको बताउनुभएको छ ।
सभापति देउवाले अपांगता भएका व्यक्तिहरुको शिक्षा, स्वास्थ्य, रोजगारीको समुचित प्रबन्ध, सामाजिक सुरक्षा र सम्मानपूर्वक जीवनयापनका लागि कांग्रेस सदैव क्रियाशील रहिरहने उल्लेख गर्नुभएको छ । उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा अपांगता भएका व्यक्तिहरुले पु¥याएको साहसिक र महत्वपूर्ण योगदानको कांग्रेसले सधैँ उच्च सम्मान गरेको बताउनुभएको छ ।
संयुक्त राष्ट्र संघले सन् १९८१ देखि अपांगता भएका व्यक्तिहरुको हक, हित र अधिकार प्राप्तिका लागि अन्तर्राष्ट्रियरूपमै अपांग दिवस मनाउँदै आइरहेको सन्दर्भमा ३ डिसेम्बर १९९२ देखि नेपालले पनि उक्त दिवस मनाउँदै आएको छ।










प्रतिक्रिया दिनुहोस्