Banner News

प्रधानमन्त्रीले कोभिड सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्ने



काठमाडौँ, १८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड(१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्ने भएका छन ।

डिसेम्बर ३ र ४ तारिख अर्थात आज र भोलि हुने ३१ औं विशेष महासभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले महासभाको प्रोटोकल अनुसार प्रधानमन्त्री अ‍ोलीको अडियो र भिडियो रेकर्ड गरेर पठाइसकिएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले विशेष सम्बोधनमा नेपालमा कोभिड(१९ को महामारी र यसले पारेको प्रभावबारे सम्बोधन गर्ने छन । महासभामा अनुभव आदानप्रदानसहित कोभिड–१९ ले विश्वमा पारेको प्रभाव, कोरोना विरुद्धको खोप लगायतका विषयमा छलफल हुनेछ ।