Banner News

थप १३४३ जनामा कोरोना संक्रमण, सक्रमितको संख्या २ लाख ३७ हजार नाघ्यो



काठमाडौँ, १८ मंसिर । थप १३ सय ४३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ६६ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज २१ सय ११ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख २० हजार २ सय ७२ जना रहेको छ । आज १३ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १४ सय ५१ जना पुगेको छ ।