समाचार

आजको मौसम



काठमाडौँ, १९ मंसिर । आज देशभर पहाडी क्षेत्रमा मौसममा बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश–१, गण्डकी प्रदेश र वागमती प्रदेशका केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै तराइका जिल्लामा हुस्सुका कारण हवाई तथा सडक यातायात सेवा केही समय प्रभावित हुनसक्ने भन्दै सचेत रहन विभागले जनाएको छ ।

काठमाडौँ उपत्यकाका आज बिहानको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस रहेको छ । दिउँसो यो तापक्रम बढेर १९–२१ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको महाशाखाले जनाएको छ ।