पर्सा, १९ मंसिर । जिल्लाको बहुदरमाई नगरपालिका–६ गमरियाका २५ वर्षीय दिनेश साहको करेन्ट लागेर मृत्यु भएको छ ।
बुधबार बेलुका मोटरबाट खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि वीरगञ्ज लैजादै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्