Banner News

थप १०२४ जनामा कोरोना संक्रमण, सक्रमितको संख्या २ लाख ३९ हजार नाघ्यो



काठमाडौँ, २० मंसिर । थप १० सय २४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ३९ हजार ८ सय ८५ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६०७४ नमुना परीक्षण गर्दा थप १० सय २४ जनामा कोरोना पुष्टि भएको हो । आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १४ हजार २ सय ५५ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज २२ सय ६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख  २४ हजार ५३ जना रहेको छ । आज १० जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १४ सय ७७ जना पुगेको छ ।