काठमाडौँ, २१ मंसिर । थप एक हजार ९६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ४० हजार ९ सय ८१ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १३ हजार ५ सय ८२ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज १७ सय ५२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख २५ हजार ८ सय ५ जना रहेको छ । आज १७ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १५ सय ९४ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्