समाचार

तीन किलो रक्तचन्दनसहित ६ जना पक्राउ



ललितपुर, २१ मंसिर । प्रहरीले तीन किलो ६३ ग्राम अवैध रक्तचन्दन र पुरातात्विक नेपाली मुद्रासहित ६ जनालाई पक्राउ गरेको छ ।

सिन्धुलीका हरिबहादुर मोक्तान, टिकाराम तामाङ, नुवाकोटका प्रेमकुमार डंगोल, झापाका सोवित आचार्य, धादिङका शंकर ढाउन्याँ र सुमन बस्नेत छन् । ललितपुर प्रहरीले बाफल क्षेत्रमा रक्तचन्दनको अवैध कारोबार हुन लागेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।