Banner News

थप १३८२ जनामा कोरोना संक्रमण, सक्रमितको संख्या २ लाख ४३ हजार नाघ्यो



काठमाडौँ, २३ मंसिर । थप १३८२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ४३ हजार ३ सय ७७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय ८६ जना रहेको छ । मन्त्रालयका अनुसार आज १६ सय २१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख २९ हजार ५४ जना रहेको छ । आज २३ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १६ सय ३७ जना पुगेको छ ।