राजनीति

मन्त्रिपरिषदद्वारा तीन देशका लागि राजदूत सिफारिस



काठमाडौँ, २३ मंसिर । मन्त्रिपरिषद् बैठकले ३ देशका लागि राजदूत सिफारिस गरेको छ ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान बसेको मन्त्रिपरिषद् बैठकले श्रीलंका, दक्षिण कोरिया र इजिप्टका लागि राजदूत सिफारिस गरेको हो ।

बैठकले श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि डा.कृष्णचन्द्र शर्मा र इजिप्टका लागि निर्मलराज सुवेदीको नाम सिफारिस गरेको छ ।