काठमाडौँ, २५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेमा १६० महिला र २४४ जना पुरुष छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३२८, भक्तपुरमा २५ र ललितपुरमा ५१ जना नयाँ संक्रमित थपिएका हुन् ।
आज १ हजार २१७ जना नयाँ संक्रमित थप भएका छन् । पीसीआर विधिबाट ७ हजार २३२ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ३८६ छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा १८ लाख १३ हजार २०४ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले १२ हजार ३८६ जना आइसोलेसन र ५१५ जना क्वारेन्टिनमा छन् ।










प्रतिक्रिया दिनुहोस्