Banner News

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ लाख नाघ्यो



काठमाडौँ, २७ मंसिर । विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ लाख नाघेको छ ।

वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शनिबार बिहानसम्म कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १६ लाख २ सय पुगेको छ । विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या भने ७ करोड १३ लाख ९८ हजार ९९९ पुगेको छ ।

कुल सङ्क्रमितमध्ये ४ करोड ९५ हजार ८५ बढी उपचारपछि घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ६ लाख ८१ हजार बढी नयाँ संक्रमित भेटिएका छन् भने १२ हजार १ सय २३ जनाको मृत्यु भएको छ । त्यस्तै ४ लाख ४५ हजार डिस्चार्ज भएका छन् ।