काठमाडौँ, २७ मंसिर । आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा बिजुली काटिने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले बानेश्वर सबस्टेशनमा आवश्यक मर्मतका लागि शनिबार विद्युत् कटौती गर्ने भएको हो । प्राधिकरणका अनुसार बानेश्वर सबस्टेशनमा मर्मत गर्नका लागि मध्याह्न १२ बजेदेखि २ बजेसम्म विद्युत् हुने भएको छ ।
सो सबस्टेशनबाट विस्तारित धोबिखोला, वाग्मती, कोटेश्वर, बानेश्वर, पूरानो एयरपोर्ट, लुभूलगायतका स्थानमा विद्युत् कटौती हुनेछ । प्राधिकरणले बानेश्वर सबस्टेशनको ११ केभी बसबारमा मर्मत गर्न लागेको छ ।
प्राधिकरणले विद्युत् कटौती हुँदा पर्ने असुविधाप्रति उपभोक्तामा क्षमा माग्दै निर्धारित कार्य समय अगावै सकिएको खण्डमा विद्युत् प्रवाहसमेत हुनसक्ने जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्