काठमाडौँ, २८ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक नेता कमानसिंहसँग लामाको निधनमा शोक व्यक्त गरेर सकिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो सुरु भएको बैठकमा शोक प्रस्तावको विषय मात्र कार्यसूचीमा राखिएको थियो । अर्को बैठक पुस १ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।
आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका थिए ।










प्रतिक्रिया दिनुहोस्