काठमाडौँ, १ पौष । हाल काठमाडौँसहित देशभर चिसो बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार चिसो अझै बढ्न सक्ने संभावना रहेको छ । काठमाडौँमा आज बिहानको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ । दिउँसो तापक्रम अझै घट्न सक्छ । काठमाडौँसहित देशका अरु ठाउँमा पनि तापक्रम घट्दै गएर जाडो बढेको छ ।
त्यस्तै हिजो जुम्लाको न्यूनतम तापक्रम माइनस ७ डिग्री सेल्सियससम्म झरेको थियो । यस्तै जिरीको माइनस २ दशमलव ५, जोमसोमको माइनस २, काठमाण्डौको ३, ओखढुङगा र ताप्लेजुङको ५ दशमलव ४, दिपायलको २ दशमलव ८, डडेल्धुराको ३ दशमलव ४, बीरेन्द्रनगरको ४ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो ।
आजको तापक्रम पनि यस्तै हाराहारीमा रहने महाशाखाले जनाएको छ । यसैबीच अहिले पूर्वी र पश्चिमी तराईका केही ठाउँमा कुहिरो लागेको छ । दिउँसो कुहिरो हटेर घाम लाग्ने सम्भावना छ । पश्चिमी वायुको प्रभावका कारण आज प्रदेश १, २ र गण्डकी प्रदेशमा आँशिकदेखि सामान्य बदलीको सम्भावना र बाँकी ठाउँमा दिउँसो घाम लाग्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति पहाडी भेगमा आँशिक बदली रहने छ ।










प्रतिक्रिया दिनुहोस्