Banner News

अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल 



काठमाडौँ, १ पौष । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच स्थायी कमिटी बैठकअघि छलफल भइरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुईजना अध्यक्षबीच छलफल भएको हो । संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार अहिले दुईजना अध्यक्षबीच छलफल भइरहेको छ ।

उनका अनुसार दुईजना अध्यक्षबीचको छलफलपछि नेकपा स्थायी कमिटी बैठक बस्नेछ । स्थायी कमिटीको बैठक अहिले १ बजे बालुवाटारमा बोलाइएको छ ।