अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २ पौष । आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार ५ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९३ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।