समाचार

विद्युत सर्ट भएर आगलागी हुँदा एक वृद्धको मृत्यु



सप्तरी, ३ पौष । सप्तरीमा विद्युत सर्ट भएर गोठमा आगलागी हुँदा एकजना वृद्धको मृत्यु भएको छ ।

प्रहरी प्रबक्ता भुवनेश्वर साहका अनुसार सदरमुकाम राजविराज-१६ बोरिया निवासी ८५ वर्षीय झलाही यादवको गोठमा सुतिरहेको बेला एक्कासी विद्युत सर्ट भएर आगलागी हुदा जलेर मृत्यु भएको हो ।

बिहान ४ बजेतिर भएको आगलागीमा उनको घट्नास्थलमै मृत्यु भएको र  मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको प्रहरीलर जनाएको छ ।

आगलागीबाट १ लाख रुपैयाँ बराबरको धनमाल समेत जलेर नष्ट भएको छ । आगोलाई स्थानीयबासी, प्रहरी र दमकलले नियन्त्रणमा लिएको थियो ।