काठमाडौँ, ४ पौष । हाल देशमा उत्तर-पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार महाशाखाका अनुसार हाल नेपालको पश्चिमी तथा मध्य तराइ भूभागका अधिकांश स्थानहरुमा वाक्लो हुस्सु तथा कुहिरो लागिरहेको छ ।
त्यस्तै आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
राति प्रदेश नं १, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्