Banner News

प्रचण्डसँग भेट लगत्तै प्रधानमन्त्री ओलीद्वारा तीन मन्त्रीसँग भेटघाट



काठमाडौँ, ४ पौष । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल पश्चता तीन जना मन्त्रीसँग छलफल गर्नुभएको छ ।

मन्त्री क्वाटर ललितपुरमा प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक तथा पूर्वाधार मन्त्री बसन्त नेम्वाङ, स्वास्थ्य तथा जनसंख्यमन्त्री भानुभक्त ढकालसँग छलफल गर्नुभएको हो । अध्यक्ष दाहाललाई भेटेर छुटेलगत्तै प्रधानमन्त्री ओलीले तीन मन्त्रीसँग भेटगर्नुभएको हो ।

खुमलटारमा अध्यक्ष दाहालसँगको भेटवार्ताको क्रममा उपाध्यक्ष वामदेव गौतम पनि पुग्नुभएको थियो । अध्यक्षद्धय सँग उपाध्यक्ष गौतमले छलफल गरेलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रीसँग भेट गर्नुभयो ।

पार्टीभित्र देखिएको समस्या समाधानको क्रममा उपाध्यक्ष गौतम र गृहमन्त्री थापा निर्णय भूमिकामा रहेको छ । प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचको विवादको क्रममा अध्यक्ष दाहालसँग वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष गौतम र प्रवक्ता श्रेष्ठ रहनुभएको छ । त्यस्तै प्रधानमन्त्री ओलीको पक्षमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल, गृहमन्त्री थापा रहनुभएको छ ।

अध्यक्ष दाहाल पक्षमा उभिनुभएका उपाध्यक्ष गौतमले पनि पार्टीको गुट भेलामा नजाने घोषणा गर्नुभएको छ । यसअघिको विवादको क्रममा उपाध्यक्ष गौतमको मध्यमार्गी भूमिकाले समस्या समाधान भएको थियो ।