काठमाडौँ, ९ पौष । ओली निकट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पुगेका छन् ।
कुनै समूहको बैठकमा नगएका बादल बिहीबार बालुवाटारमा जारी बैठकमा सहभागी भएका हुन् ।
बादलसँगै हरिबोल गजुरेल पनि बैठकमा गएका छन् । हरिबोल पनि यसअघि कुनै भेलामा सहभागी थिएनन् । बादललाई ओलीतिर लाग्न नदिन प्रचण्ड र माधव नेपाल समूहले पनि आग्रह गर्दै आएका थिए ।
यसअघि नै लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापा ओली समूहमा लागि सकेका छन् ।










प्रतिक्रिया दिनुहोस्