समाचार

आजको मौसम



काठमाडौँ, १० पौष । पश्चिमी वायुको प्रभाव सामान्य रहेकाले देशभर मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार तराई र पहाडका केहि भूभागमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो देशको पहाडी भूभागमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै आज राति प्रदेश नं १ मा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।