काठमाडौँ, १४ पौष । आगामी वैशाख १७ र २७ मा प्रतिनिधि सभाको निर्वाचनको लागी निर्वाचन आयोगले प्रारम्भिक तयारी अगाडि बढाएको छ ।
निर्वाचन हुने वा नहुने धेरै विषय सर्वाेच्च अदालतको फैसलामा निर्भर गर्दछ । तर आयोगले भने अहिलेलाई सरकारले घोषणा गरेको मितिलाई आधार बनाएर निर्वाचनको तयारी गरेको छ । आयोगले सबैभन्दा पहिला मतदाता नामावली अद्यावधिक गर्ने कार्यलाई प्राथमिकतमा राखेको छ ।
आयोगले यसपटक सकेसम्म युवा मतदाता नछुटाउने गरी अद्यावधिक गर्न खोजेको छ । त्यसैगरी आयोगले निर्वाचनको कार्यतालिक तयार पार्ने गृहकार्यसमेत सुरु गरेको छ । आयोगको कर्मचारी तहले कार्यतालिका तयार पारेपछि आयोगका अध्यक्षसहितको टोलीले त्यसलाई अनुमोदन गरेर अन्तिम रुप दिने छ ।
त्यसैगरी निर्वाचन गराउनका लागि आवश्यक पर्ने सामग्रीहरुको बारेमा समेत तयारी गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्