समाचार

आजको मौसम



काठमाडौँ, १६ पौष । देशमा आज पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशभरका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहेको छ । तसते आज दिउँसो प्रदेश १ मा आंशिक बदली, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली  प्रदेशमा आंशिक देखि सामान्य  बदली रही बाँकी भूभागमा  मौसम सामान्यतया सफा रहनेछ ।

राति प्रदेश १ मा आंशिक बदली, सुदूरपश्चिम, कर्णाली  र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।