समाचार

आजको मौसम



काठमाडौँ, १८ पौष । देशमा आज पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा मौसम सामान्यतया सफा रहेको र तराईका केहि स्थानमा हुसु र कुहिरो लागेको छ ।

त्यस्तै आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागमा  आंशिक बदली  रहने छ भने सुदूरपश्चिम प्रदेश तथा कर्णालीका उच्च हिमाली भूभागमा हल्का हिमपात तथा सुदुर पश्चिम र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का बर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । काठमाडौँ उपत्यकासहित देशभर बढेको चिसो कायमै छ । आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम एक दशमलव तीन डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।