समाचार

झुण्डिएको अवस्थामा एक युवक मृत फेला



कञ्चनपुर, १८ पौष । कञ्चनपुरमा एक युवा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

शनिबार कृष्णपुर नगरपालिका–२ वाणीका  २५ वर्षीय रमेश चौधरी घरकैकाे काेठामा मृत भेटिएको जिल्ला प्रहरी कञ्चनपुरले जनाएको छ ।

चौधरी कोठा भित्र प्लाष्टिकको डोरीले झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । उनको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।