समाचार

५० राउण्ड गोलीसहित एक जना पक्राउ



काठमाडौँ, २० पौष । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० राउण्ड गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापा मेचीनगर-२ का बद्रीहाङ राई ९ एमएमको पेस्तोलको गोलीसहित पक्राउ परेका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

प्रहरीका अनुसार त्रिभुवन विमानस्थलबाट श्री एयरलाइन्सको  जहाजबाट झापा भद्रपुर जान लागेका उनलाई चेकजाँच गर्दा झोलामा लुकाएको अवस्थामा सो परिमाणको गोली फेला परेको हो ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।