काठमाडौँ, २१ पौष । सरकारका खानेपानी मन्त्री एवं नेकपा ओली समूहका नेता मणिचन्द्र थापाले सरकार वा प्रणाली संकटमा परे जनतामाझ जाने राजनीति शास्त्रको सिद्धान्त रहेको बताएका छन् ।
जाजरकोटको कार्यकर्ता भेलामा सहभागी हुन जाने क्रममा सुर्खेतकाे वीरेन्द्रनगरमा मंगलबार पत्रकारसँग कुरा गर्दै मन्त्री थापाले आगामी निर्वाचनमा नेकपाका दुवै समूह एक भएर जाने बताएका हुन् ।
उनले भने, ‘ताजा जनमतका लागि चुनावमा जानुको अब कुनै विकल्प छैन, ‘सरकार वा प्रणाली संकटमा परे जनतामाझ जाने राजनीति शास्त्रको सिद्धान्त छ । प्रधानमन्त्रीज्यूको कदम अग्रगामी छ ।’
आगामी निर्वाचमा जाँदा नेकपाका दुवै समूहभित्र कुनै न कुनै सहमती र सहकार्य हुन्छ । त्यो आवश्यकता पनि हो,’ मन्त्री थापाले भने, ‘चुनावमा दुवै समूह एक भएर जानुको विकल्प छैन ।’ ‘तर, अहिले विभिन्न देशी विदेशी शक्तिहरुको चलखेलले नेकपालाई बचाउन नसकेको परिस्थिति हो । अर्को निर्वाचन आउँदासम्म परिस्थिति फेरिन सक्छ ।’
मन्त्री थापाले प्रधानमन्त्री केपी शार्मा ओलीले संसद विघटन र चुनाव घोषणा गरेर देशलाई अस्थिरताबाट बचाएको बताए । देशले ताजा जनमतको माग गरेको बताउँदै उनले जनतामाझ चुनावमा जानुका विकल्प नरहेको बताए ।










प्रतिक्रिया दिनुहोस्