ललितपुर, २५ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले नेकपा पार्टीभित्रको मुख्य कुपोषण नै पुष्पकमल दाहाल प्रचण्ड भएको बताउनुभएको छ ।
शुक्रवार नेकपा ललितपुर जिल्ला कमिटीले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले प्रचण्डलाई पार्टी एकता गरेर नयाँ पार्टीमा जन्मदै कुपोषण लागेको बच्चा जस्तो भएर आएकाले समस्या उत्पन्न भएको जनाउनुभयो । प्रचण्ड पार्टी एकताको समयदेखी नै पार्टीमा कुपोषण लागेको नेताको रुपमा स्थापीत भएको बताउँदै नेता बस्नेतले माधव नेपाल र प्रचण्ड मधेसबाट १५ जना पूर्वसांसदहरु नेकपामा प्रवेश गर्न खोज्दा नदिने खलपात्रहरु रहेको समेत स्पष्ट पार्नुभयो ।
मन्त्री बन्ने सपना बोकेर जनकपुरबाट काठमाडौँ आएका डा. सुरेन्द्र यादवलाई आफु सहितका तीन जनालाई अनावश्यक सांसद अपहरणको हल्ला फिँजाएको भन्दै नेता बस्नेतले आक्रोस व्यक्त गर्नुभयो । उपेन्द्र यादव र डा. बाबुराम भट्टराईलाई प्रचण्ड र माधव नेपालको आदेशमा आफुसहित किसान श्रेष्ठ र पूर्वआइजिपी सर्वेन्द्र खनाललाई मुद्धा लगाउन लगाएको तथ्यहरु समेत सार्वजनिक गर्नुभयो ।
प्रचण्डको सूर्य चिन्हको मायाँ भनेको बोकालाई बलि दिए जस्तो मात्र भएको उल्लेख गर्दै पूर्वउद्योगमन्त्री समेत रहनुभएका नेता बस्नेतले सूर्य चिन्ह माधव – प्रचण्डले अस्थिर रुपमा लुटेर लाने सपना नदेख्न चेतावनी समेत दिनुभयो । प्रचण्ड र माधवले ओली नेतृत्वको नेकपामा पार्टी प्रवेश, रोजेको ठाउँमा स्वतन्त्र उम्मेदवार भएको खण्डमा सूर्य चिन्ह चुनाव लड्न दिन सकिने धारणा व्यक्त गर्नुभयो । प्रचण्ड र माधवद्वारा तेल सकिएर मर्ने बेलाको बक्ति जस्तो गतिविधि भइरहेको बताउँदै नेता बस्नेतले प्रधानमन्त्री केपी ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने योजनाका साथ अगाडी बढ्नु भएको तर प्रचण्ड चाँही तत्कालिन एमालेलाई निल्ने योजनाका साथ अगाडी बढेको बताउनुभयो ।
पार्टीभित्र कमजोर भएकाले तथा कार्यकर्ता नभएकाले एक÷दुई दर्जन उछ्र्रिङ्खल जथ्थाले प्रधानमन्त्रीको विरुद्धमा सडकमा पुल्ठे जुलुस, कालो झण्डा, उल्टो हिड्ने, मखुण्डो जुलुस जस्ता अराजक गतिविधि गरिरहेको उल्लेख गर्दै नेता बस्नेतले १७ हजार गरिव जनता तथा लाखौं शहिद तथा घाइतेका परिवारका आफन्तलाई समेत आफ्ने परिवारको लागि बलि जढाएको इतिहास साक्षी रहेको बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्