समाचार

आजको मौसम



काठमाडौँ, २५ पौष । हाल देशमा पश्चिमी वायुको प्रभाव कमजोर बनेसँगै देशका धेरैजसो ठाउँको मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले प्रदेश १ का केही ठाउँमा बादल र तराईमा कुहिरो लागेको तथा बाँकी ठाउँको मौसम सफा रहेको छ ।

तराइमा लागेको हुस्सु तथा कुहिरो दिउँसो पखबाट हट्ने पनि र सामान्य बादल लागेको प्रदेश १ मा पनि पानी पर्ने सम्भावना भने नरहेको मौसम महाशाखाले जनाएको छ ।

त्यस्तै आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम चार दशमलव पाँच डिग्री सेल्सियस मापन भएको छ ।