समाचार

बस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु



मकवानपुर, २५ पौष । हेटौँडा उपमहानगरपालिका-१५ चुरियामाईमा बस र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएकाे छ ।

गएराति सडक क्षेत्रमा हुस्सु लागेको समयमा चुरियामाई मन्दिर नजिकको उकालोमा ना ६ ख ६९६३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६३ प १५० नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकलको पछाडि रहेकी हेटौँडा–३ बस्ने ४३ वर्षीया देवी लामाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने बस तथा चालक इलाका प्रहरी कार्यालय पशुपतिनगरको नियन्त्रणमा रहेको जनाइएको छ । त्यसैगरी मोटरसाइकल चालक हेटौँडा–३ लेवट बस्ने अन्दाजी ३६ वर्षीय इश्वर नेपाल घाइते भएको र उनकाे चुरेहिलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।