काठमाडौँ, २५ पौष । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी माघ ६ गते बस्ने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल अनुसार यसअघि यही पुस २७ गतेका लागि निर्धारित बैठक माघ ६ गते अपराह्न १ बजेका लागि तोकिएको हो ।
यसैगरी कांग्रेसले प्रतिनिधिसभा विघटनको कदमलगायतविरुद्ध जारी विरोध कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउने उद्देश्यले आजदेखि विभिन्न कार्यक्रम गर्दैछ । सोअनुसार पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्र, माघ ३ गते ७५३ पालिका र माघ ८ गते छ हजार ७४३ वडामा विरोध प्रदर्शन एवं सभाको आयोजना गरिने पार्टी कार्यालयले जनाएको छ ।
साथै कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध एउटै निर्णय र प्रष्ट धारणासाथ सिङ्गो पार्टी एकमतका साथ आन्दोलनको मैदानमा रहेको स्पष्ट पारेको छ ।










प्रतिक्रिया दिनुहोस्