समाचार

आजको मौसम



काठमाडौँ, २६ पौष । हाल देशमा कुनै उल्लेखनिय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशका केहि भूभागमा आंशिक बदली रहेको  र बाँकी भूभाग सामान्यतयाः सफा रहेको छ ।

त्यस्तै आज दिउँसो प्रदेश १ र प्रदेश २ मा आंशिक देखि सामान्य बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ भने राति प्रदेश १ मा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।